सल्यान टुडे
ओपेन्द्र बस्नेत, १० कात्तिक ।
करोडौ बजेट आएपनि सम्बन्धित निकायको लापर्वाहीका कारण राप्ती राजमार्ग अन्र्तगत तुलसीपुर सल्यान सडक खण्डको निर्माण कार्य अलपत्र परेको छ ।
गएको बर्ष अर्थमन्त्रालयले ९९ करोड बजेट यो सडकका लागि बिनियोजन गरेको थियो । अर्थमन्त्रालयले बहुबर्षीय स्वीकृत कार्यक्रम अन्र्तगत माघ महिनामा एक अर्ब बराबरको बजेट बिनियोजन गरेको थियो ।
डिभिजनको लापर्वाहीक कारण बजेट आएको दश महिनासम्म पनि सडकको निर्माण कार्य सुरु नभएको निर्माण व्यवसायीले बताएका छन् । महिनामा दुई दिन डिभिजन प्रमुख कार्यालयमा देखिने गरेको बताउदै निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य पुर्ण भण्डारीले चासो नदिएकै कारण काम ढिला भएको बताए ।
तुलसीपुरको बीरेन्द्र चोक देखि चोरखालासम्मको १७ किलोमिटर सडकका लागि ४९ करोड र चोरखोला देखि अरिङ्गाले फेदिसम्मको १० किलोमिटर सडकका लागि पनि ४९ करोड बजेट बिनियोजन भएको थियो ।
यता डिभिजन सडक कार्यालय दाङले गत बैशाखमा चोरखोला देखि अरिङ्गालेफेदीसम्मको सडकका लागि टेण्डर आब्हान गरेपनि प्राविधिक त्रुटीका कारण रद्द गरिएको जनाएको छ । सबै तयार पुरा गरेर गत बैशाखमा टेण्डर आब्हान गरेको भएपनि प्राविधिक त्रुटीका कारण रद्द हुदा काम सुर हुन नसकेको डिभिजन सडक कार्यालय दाङका इन्जिनियर लिला भण्डारीले जानकारी दिनुभयो ।