तिहार शान्तिपूर्ण रुपमा सम्पन्न भयोः सल्यान प्रहरी

सल्यान टुडे,
सल्यान १३, कार्तिक ।
यस बर्षको तिहार सल्यानमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले हिन्दु नेपालीहरुको महान पर्व तिहारको बेला सल्यानमा शान्ति सुरक्षालाई खलल पु¥याउने खालका कुनै पनि घटना नघटेको बताएको छ । तिहारको समयमा कहिकतै देउसीभैलो खेल्दा वा अन्य कुरामा सामान्य रुपमा बिबाद भएपनि जिल्लामा अन्य घटना नघेको प्रहरीले जनाएको छ ।


जिल्लामा मानविय क्षती हुने खालका सडक दुर्घटना, सामाजिक सद्भावमा खलल पु¥याउने चोरी डकैती, जुवातास खेल्ने, मादकपदार्थ सेवन गरेर झैझगडा गर्ने कार्य सल्यानमा नभएको प्रहरीको भनाई छ । तिहारमा शान्ति सुरक्षामा असर गर्ने कार्य जिल्ला भरी नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस