लहरे नाच संरक्षण गर्दै पुरानो पुस्ता

दुर्गा वि.सी., सल्यान टुडे,
सल्यान १३, कार्तिक ।
पछिल्लो समय लहरे नाच विस्तारै हराउँदै जान थालेको छ । पछिल्लो पुस्ताहरुले सीको नगर्दा लहरे नाच प्रायः गाउँघरमा देखिनै छाडेको छ । चाडपर्व र विशेष गरेर तिहारमा नाचिने यो नाच पुरानो पुस्ताबाट नयाँमा हस्तान्तरण नहुदाँ हराउदैँ जान थालेको छ । तर सल्यानको पश्चिमी क्षेत्रमा पर्ने मुलखोला, खैरागारका पुराना पुस्ताहरुले भने लहरे नाचको संरक्षण गर्दै आएका छन् ।


लहरे नाचका अगुवा हेर्मा रानाका अनुसार लहरे नाच हाम्रो पहिचान हो । पछिल्लो पुस्ताले लहरे नाच प्रति आकृर्षण नदेखाउदाँ उहाँले दुःख ब्यक्त गर्नुभयो । अहिले पश्चिम क्षेत्रका अधिंकास गाउँहरुमा लहरे मादल वज्न छाडेको छ । पुरानो पुस्ता हराउँदै जाँदा यो नाच पनि हराउदैँ गएको लहरे नाचका बाध्यबादक ७६ वर्षिया झ्याम्टा रानोले दुखेसो गर्नुभयो । यो गाउँमा अझै धेरै पुराना पुस्ता रहेकोले लहरे जिवीत छ उहाँले भन्नुभयो लहरे नाचले अहिले पनि निरन्तरता पाईरहेको छ, हामीले पनि नयाँ पुस्तालाई सिकाई रहेका छौँ ।


पुरानो पुस्ता हराएसँगै बन्गाडका पहिचानहरु पनि हराएको सांस्कृतिक जानकार ७३ वर्षिया मोते रानाले बताउनुभयो । बनगाडका चिनारी र निक्कै महत्व वोकेको लहरे नाच वचाउन र जोगाउन अव नयाँ पुस्ता जाग्नुपर्ने उहाँको भनाई छ । अहिले यस क्षेत्रको सिमित भुभाग वाहेक अधिकांस क्षेत्रमा यो नाच हराएको छ ।

प्रतिक्रिया दिनुहोस