दुर्गा बिसी, सल्यान टुडे,
सल्यान १५, कार्तिक ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष नजिकिदैँ गर्दा मिनि राराको रुपमा चिनिने सल्यानको कुपिण्डे तालमा घुम्न आउने पर्यटकहरुको घुईचो लागेको छ । कुपिण्डे ताल हेर्न, मन्दीर दर्शन गर्न, डुंगामा शयर गनुका साथै भम्रण तथा अवलोकनको लागि जिल्ला वाहिर र भित्रबाट आउने पर्यटकको घुईचो लागेको छ । बर्षायाम सकिएसँगै यहाँ घुम्न आउने पर्यटकहरुको संख्या पनि ह्वात्तै बढेको छ ।
आजभोली दिनमा सयौँ सवारीसाधन ल्याएर दैनिक ५ सय भन्दा वढि पर्यटक आउने गरेको ताल संरक्षण समितीका पुर्वअध्यक्ष हरिहर कुवँर जानकारी दिनु भएको छ । जिल्ला वाहिर र भित्रका पर्यटक कुपिण्डे ताल हेर्न र घुम्नको लागि महत्वपुर्ण गन्तव्य रहेको उहाँको भनाई छ ।
कुपिण्डे तालमा दर्जन वढी डुङ्गा शयर गर्नेहरुको भिड नै लाग्छ । वडाअध्यक्ष कुलवहादुर पुरीले कुपिण्डे तालको संरक्षण र व्यवस्थापन गर्न अझै धेरै काम बाँकी रहेको बताउनुभयो । बनभोजको लागि समेत अहिले सुर्खेत, जाजरकोट, दैलेख, नेपालगञ्ज र दाङ्ग लगाएतका स्थानबाट गाडि रिर्जव गरि आउने पर्यटकको भिड छ ।
मिनी राराका नामले चिनिने कुपिण्डे तालमा घुम्न आउने पर्यटकहरुको लागी खाना, आवास र भरपर्दो सडक नुहदाँ समस्या हुने गरेको पर्यटकहरुको गुणासो छ ।