स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रममा सल्यानका २४ योजना समाबेश

सल्यान टुडे,
सल्यान १६, कार्तिक ।
स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रममा सल्यानका २४ वटा योजना समाबेश भएका छन । सल्यानबाट निर्बाचित प्रतिनिधिसभा सदस्य टेक बहादुर बस्नेतले संघको तर्फबाट आर्थिक बर्ष २०७६÷०७७ को लागि जिल्लामा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रममा सडक, शिक्षा, खानेपानी, सिंचाइ र तटबन्ध गरेर २४ वटा आयोजना समाबेश भएको जानकारी दिनुभयो ।

यस बर्ष यस कार्यक्रमका लागि करिब ६ करोड रुपैयाँ जिल्लामा भित्रीएको छ । जसमा सडक पुर्वाधार तर्फ १० वटा आयोजनामा ३ करोड ७० लाख ५० हजार रुपैयाँ बिनियोजन गरिएको छ ।

यस्तै शैक्षिक पुर्वाधारमा ५ वटा आयोजनाका लागि ७८ लाख, खानेपानी पुर्वाधारका लागि ४ आयोजनामा ९४ लाख, सिचाइ पुर्वाधारका लागि ३ वटा आयोजनामा ३० लाख र तटबन्ध तथा अन्य पुर्वाधारका लागि २ वटा योजनामा २० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।


सडक पुर्वाधारमा कालिमाटी ४ खैरेनी छापडांडा लेकगाउ निगालचुला जोड्ने सडकमा रु २४ लाख, कालिमाटी ३ फारुला पैयाचौर किमिरे सेतिखोला सडक आयोजना ट्रयाक ओपन रु ५० लाख, मख्खनटाकुरी टोट्के बस्स्वा कालापोखरा गुन्टाटोलक अखेला सडक आयोजना ट्रयाक ओपन स्तरोन्नति रु २४ लाख, जिल्ला पर्यटकीय चक्रपथ कपुरकोट थर्कोट मख्खनटाकुरी सडक ट्रयाक ओपन रु ५० लाख, कपुरकोट झुलनेटा सिमलकुना दाङ्ग हल्वार जोड्ने सडक ट्रयाक ओपन रु २४ लाख, छत्रेश्वरी गाउपालिका ५ प्राथमिक स्वास्थ्य केन्द्र पोखरा पुवाखोली तारुपरे ठूलिखर्क राँगोहान्ने सडक ट्रयाक ओपन तथा स्तरोन्नति रु ५० लाख, चाक्लिघाट कुमाख जिमाली त्रिबेणी सडक स्तरोन्नति रु ५० लाख, मौलेखोलि भुरुङ्ग खोला सिलिङ्गी सडक आयोजना स्तरोन्नति रु २४ लाख, निगालपानी बाघखोर बजार ट्रयाक ओपन रु २४ लाख र बागचौर ९ घामतारा कोटवारा दह बाफुखोला खौला सडक आयोजना ट्रयाक ओपनमा रु ५० लाख बिनियोजन गरिएको छ ।

यस्तै शैक्षिक पुर्वाधार तर्फ भगवती आधारभूत बिद्यालय दमाचौर दहखोला २ कोठे भवन निर्माण रु १० लाख, नारायण माबी स्वीकोट पक्की वाल घेरबार रु १० लाख, शिव माबी मुलडाँडा स्यानिखाल तटबन्ध सहितको खेलमैदान रु २४ लाख, जनजागृत आधारभूत विद्यालय जोलिपिपल भल्चौर घेरवार र खेलमैदान रु २४ लाख, शितला आधारभूत विद्यालय बागचौर १० पिपलनेटा २ कोठे भवन रु १० लाख विनियोजन गरिएको छ ।

यस्तै खानेपानी पुर्वाधार तर्फ काभ्रा खानेपानी आयोजना रु २४ लाख, बामे खानिगाउ खेतगार मेल्टाकुरा किम टाकुरा खानेपानी आयोजना रु ५० लाख, कपुरकोट ३ मा काले लिफ्ट खानेपानी आयोजना रु १० लाख र थारमारे फूलबारी लिफ्ट खानेपानी योजनामा रु १० विनियोजन गरिएको छ ।

यस्तै सिचाइ तर्फ सिद्ध कुमाख गाउपालिका ३ झारगाउ बाटुल्ले टाकुरी सिचाइ कुलो निर्माण रु १० लाख, शारदा नगरपालिका ९ मार्के बागचौर सिचार कुलो निर्माण रु १० लाख, कुमाख गाउपालिका २ स्विकोट मैनचौर रातामाटा सिरुवारखोला सिचाइ कुलो निर्माण आयोजनामा रु १० लाख, श्रीनगर सुकेखोला तटबन्ध निर्माणमा १० लाख र सबुजगण सिमखर्क नेपाली सेनाको ब्यारेकमा फुटबल खेल मैदान र अन्य पुर्वाधार बिकासमा रु १० लाख विनियोजन गरिएको छ ।

ती मध्ये ५० लाख भन्दा माथिको आयोजना टेन्डर प्रक्रिया बाट सम्पन्न गरिने छ भने त्यो भन्दा साना योजनाहरु उपभोक्ता समिती मार्फत गरिने छ । शुक्रबार सल्यान खलंगामा आयोजित स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत जिल्लामा छनोट भएका आयोजनाहरु सार्बजनिक गर्दै प्रतिनिधि सभा सदस्य बस्नेतले समग्र बिकासको मेरुदण्ड सडक भएकाले यसलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

उहाँले यस बर्षको कार्यक्रममा बिधुत्तलाई समाबेश नगरिएको बताउनु भयो । जिल्लामा छनोट भएका यी योजनाहरुको काम आगामी मंसिर देखि शुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित