७७ जिल्लाका सिडिओको रिपोर्टकार्ड, सल्यानका सिडिओको बी ग्रेड

सल्यान टुडे,
सल्यान १६, कार्तिक ।
प्रधानमन्त्री केपी ओलीले सबै मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेर जिम्मेवार तोक्नु भएको छ । अहिले सबैजसो मन्त्रालयमा कार्यसम्पादन सम्झौता हुन थालेको छ । यसको सुरुवात भने गृह मन्त्रालयबाट भएको थियो । मन्त्रालयले महाशाखाका प्रमुख तथा ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)सँग गत वर्ष सम्झौता गरेको थियो । माघदेखि असारसम्मको कार्यसम्पादन मूल्यांकन गरेर मन्त्रालयले सिडिओहरुको प्राप्तांक, प्रतिशत र ग्रेडिङ गरेको छ । यसबाट सिडिओहरुबीच काममा प्रतिस्पर्धाको भावना बढ्ने गृह मन्त्रालयले जनाएको छ ।


गृह मन्त्रालयले तयार गरेको ७७ जिल्लाका सिडिओहरुको रिपोर्टकार्डअनुसार पाँच जिल्लाका सिडिओले ए प्लस ग्रेड ल्याएका छन् । त्यसैगरी ३५ जिल्लाका सिडिओले ए, २८ जिल्लाका सिडिओले बी प्लस, ६ जिल्लाका सिडिओले बी र तीन जिल्लाका सिडिओले सी प्लस ग्रेड प्राप्त गरेका छन । बर्दियाका सिडिओ रामबहादुर कुरुम्बाङ, अर्घाखाँचीका प्रेमलाल लामिछाने, रसुवाका कृष्ण पौडेल र अर्जुन भण्डारी, चितवनका जितेन्द्र बस्नेत र रुपन्देहीका उदय राना र अर्जुन पोखरेलले ए प्लस ग्रेड ल्याउननुभएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले पछिल्लो सयम सिडिओहरुबीच प्रतिस्पर्धा बढेको बताउनुभयो ।

यसैबिच सल्यान जिल्लाका सिडिओले बी ग्रेड प्राप्त गर्नुभएको छ । ६९ दशमलव १९ प्रतिशत प्राप्तांङ्क प्राप्त गरेर सल्यानका सिडियो चुडाराज न्यौपाने र कमलराज ढकालले बी ग्रेड प्राप्त गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित