सल्यान टुडे,
सल्यान १७, कार्तिक ।
जीवन बीमा अभिकर्ता तालिम सल्यानमा सम्पन्न भएको छ । यूनियन लाईफ इन्स्योसेन्स प्रालि उपशाखा श्रीनगरको आयोजनामा २ दिने तालिम श्रीनगरमा सम्पन्न भएको हो । तालिममा बीमा के हो ? बीमाको महत्व, बीमा गर्ने तरिका लगाएत बीमा सम्बन्धि सामान्य जानकारी गराइएको थियो । साथै नेपालमा यूनियनको स्थापना, हाल सञ्चालन भइरहेको योजना, पूजीँगत संरचना, बीमा लेखा बोनस लगायतको बारेमा सहजिकरण गरिएको थियो ।
तालिममा यूनियन लाईफ इन्स्योरेन्सका कर्णाली प्रदेश प्रमुख नारायण पंगेनीले प्रशिक्षण दिनुभएको थियो । उहाँले जीवन बीमा गर्नु भनेको जीवनको रक्षा गर्नुभएकाले बीमा गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले आफु संग भएको रकम बैँक तथा बित्तिय संस्था, समुह, सरकारी आदीमा जम्मा गर्नु भन्दा पनि जीवन बीमा गर्न सके भबिष्यका लागी साहारा हुने बताउनुभयो ।
तालिमको सहजीकरण यूनियन लाईफ इन्स्योरेन्स श्रीनगर उपशाखाका मार्केटिङ्ग इन्चार्ज रमेश कुमार वलीले गर्नुभएको थियो । ‘आर्थिक सुरक्षा, करमा छुट, ऋण सुबिधा, परनिर्भरता उन्मुलन, भबिष्यको योजनाको निर्माण, बचत गर्न प्रोत्साहन गर्न पनि यसको फाईदा हुने छ’— उहाँले भन्नुभयो । भबिष्यमा आउने बिभिन्न जोखिमलाई न्यूनिकरण गर्न सजिलो हुने उहाँको भनाई छ । तालिममा १८ जनाको सहभागिता रहेको थियो ।