बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको विदाई

सल्यान टुडे,
सल्यान १७, कार्तिक ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृत हरि वहादुर खत्रीको विदाई गरेको छ । ६ महिना अघि नगरमा सरुवा भई आउनु भएका खत्रीले नगरको हरेक क्षेत्रमा राम्रो काम गरेको नगरले जनाएको छ । बन्गाड कुपिण्डेको ६ महिना वसाई पछि बाँकेको जानकी गाउँपालिकामा सरुवा भई जानु भएका खत्रीलाई जनप्रतिनिधी र नगरका कर्मचारीले विदाई गरेका हुन् ।


उहाँले विदाई कार्यक्रममा सवै जनप्रतिनिधी, शाखा प्रमुख, कर्मचारीलाई आफु रहँदाको वखत राम्रो सहयोगीपुर्ण काम गरेकोमा प्रसंसा गर्नु भएको थियो । उहाँले नगरमा रहदाँ समन्वयात्मक र सवैको सल्लाह अनुसार कामकाज सञ्चालन गर्दै आउनुभएको थियो ।

खत्री कै कारण यो वर्षको नगरसभा पनि ठिक समयमा सम्पन्न भएको थियो । साथै नगरका पुराना कामकाजले समेत विस्तारै गति लिन थालेका छन् । विदाई कार्यक्रमको अध्यक्षता मोहन खड्का र सञ्चालन योजना शाखा प्रमुख हरिस तिरुवाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस