नेकपाका एक नेताको निधन

सल्यान टुडे,
सल्यान १८, कार्तिक ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सल्यानका एक नेताको निधन भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ च्युरा निबासी नेता खिमे दमाईको ६० वर्षको उमेरमा निधन भएको छ । तत्कालिन नेकपा एमालेबाट २०४९ सालमा वडासदस्य हुदै पार्टीको जिल्ला कमिटी सदस्य, दलित मुक्ती आन्दोलनका अगुवा, नेता खिमे दमाईको गएराती निधन भएको हो । उहाँ बिगत २ वर्ष देखि सुगर लगाएतको रोगबाट पिडित हुनुहुन्थ्यो ।

तत्कालिन नेकपा एमालेको जनयुद्धकालमा वागडोर समालेर वसेका त्यागी निडर स्थानीय अगुवा नेतामा उहाँको नाम अग्रपंत्तिमा आउँछ । समाजसेवी तथा सालीन नेता दमाईको निधन प्रति नेकपा बनगाड कुपिण्डेले अतुलनिय क्षती पुगेको जनाएको छ । नेकपाका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले दलित मोर्चाको अथक आन्दोलनलाई महत्वपुर्ण योगदान गरेको स्मरण गराउँदै उहाँको निधनले पार्टीलाई ठुलो क्षती पुगेको बताउनुभएको छ । यस्तै नेकपाका जिल्ला सचिव कर्णवहादुर वुढाथोकीले पनि नेता दमाईको निधन प्रति दुख व्यक्त गर्नु भएको छ ।

उहाँको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित