जन्मदिनको अवसरमा पत्रकार केसीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

सल्यान टुडे,
सल्यान १८, कार्तिक ।
सल्यानका पत्रकार खकेन्द्र केसीले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ । आफु २२ बर्षमा प्रबेश गरेको अबशरमा केसीले आफुले पढेको विद्यालय र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।


उहाँले छत्रेश्वरी गाउँपालिका १ र बागचौर नगरपालिका ९ को सिमाना जलेखर्कमा रहेको लक्ष्मी आधारभुत विद्यालयमा आवश्यक पर्ने ग्लोव, शैक्षिकसत्रमा उत्कृष्ट हुने ३ जना र गरिब तथा विपन्न परिवारका ५ जना गरी ८ जना विद्यार्थीलाई ६ हजार बराबरको शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।

सामाग्री वितरण गर्दै पत्रकार केसीले जन्मदिनलाई केक काटेर मनाउनु भन्दा सहयोग गरेर मनाउदा खुसी लागेको बताउनुभयो । जनपत्रकार संगठन नेपाल सल्यानका सचिव समेत रहेका पत्रकार केसी सल्यानबाट संचालित लेकाली अनलाइनका सम्पादक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित