सल्यान टुडे,
सल्यान १८, कार्तिक ।
सल्यानको सल्लीवजारमा विपद व्यवस्थापन सम्बन्धी ४ दिने तालीम सञ्चालन गरिएको छ । बनगाड कुपिण्डेका विभिन्न वडाका युवायूबतीहरुलाई सामुदायीक विपत प्रतीकार्य तालीम दिन दिन थालीएको हो । नदि तथा खोलाहरु विपत, जोखिम, आगलागि, वाढिपहिरो र अन्य दुर्घटनाहरुबाट कसरी वच्न र वचाउन सकिन्छ भन्ने कुरामा प्रशिक्षीत गरिने छ ।
बनगाड कुपिण्डे नगरपालीकाको सहयोग र नेपाली सेनाको आयोजनामा तालीम सञ्चालन गरिएको छ । ४ दिन सम्म चल्न चल्ने तालीमको प्रशिक्षक शंकर चन्द राम प्रसाद पोख्रेल, हरिराम थापा, दिपेन्द्र वस्नेत र नोखिराम वलीले युवायुवतीहरुलाई तालिम दिईने जनाएको छ ।
तालीमको उद्घाटन सवुज गण सिमखर्क व्यारेकका गणपती घनश्याम भट्टराई, बनगाड कुपिण्डे नगरपालीकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले तालिमको उद्घाट गर्नु भएको थियो । तालीम पुर्णरुपमा फलदायी र मानवीय जिवनमा भैइपरि आउने भविश्यमा हुने भवितव्यमा पुर्ण रुपमा लागुहोस भन्ने कामना गरिएको छ । ४ दिन सम्म चल्ने तालिममा सैदान्तीक तथा प्रयोगात्मक विधी समेत गराइने आयोजकले जनाएको छ ।