महिला, किशोरी तथा वालअधिकार सम्बन्धी १ दिने गोष्ठी सम्पन्न

सल्यान टुडे,
सल्यान १९, कार्तिक ।
सुर्खेतको सिम्ता गाउँपालिकामा महिला, किशोरी तथा वालअधिकार सम्बन्धी १ दिने जानकारीमुलक गोष्ठी सम्पन्न भएको छ । गाउँपालिका तथा वडा स्तरीय सरोकारवाला निकायलाई कार्यक्रम लागु हुने क्षेत्र र विषयका वारेमा जानकारी गराईएको छ । सुशासन प्रर्वद्धनका लागी युवा सुर्खेतको आयोजना, वातावरणीय कृषि तथा विकास केन्द्र केडको सहयोग र सिम्ता गाउँपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

सिम्ता गाउँपालिकाका वडा ६ र ९ मा सुरुमा ६ महिना कार्यवधी तोकेर शिक्षा, स्वास्थ्य, वालवालिका, महिलाका क्षेत्रमा संस्थाले काम गर्ने जनाएको छ । वालविवाह न्यनिकरण, छाउपडी प्रथा उन्मुलन, सचेतीकरण, वालअधिकार, उद्यान, समुदायमा आधारित रोकथाम कार्यक्रम, वकालत, कानुनी परामर्श सेवा र महिला किशोरीका क्षेत्रमा काम गर्ने जनाएको छ ।

वातावरणीय क्षेत्रमा समेत काम गर्ने जनाएको छ । कार्यक्रमका वारेमा जानकारी गर्नका लागि गाउँपालिकामा केडले १ दिने गोष्ठी सञ्चालन गरेको थियो । गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जनतासँग सिम्ता गाउँपालिकाको एउटा लक्ष्यमा यो संस्थाले सहयोगीपूर्ण भुमिका निर्बाह गर्ने जनाउनु भएको छ ।

यस्तै उपाध्यक्ष चन्द्रकला शाहीले २ वटा वडामा मात्रै नभएर अन्य वडाहरुमा समेत कार्यक्रम लागु गर्न संस्थालाई अनुरोध गर्नु भएको छ । कार्यक्रममा गैसस महासंघका सुर्खेत अध्यक्ष घनश्याम के.सी, केडका प्रमुख राम विक्रम शाहले संस्थाको कार्यक्रम, कस्तो क्षेत्र र समुदायमा काम गर्न सकिने विषयमा प्रष्ट पार्नु भएको थियो । सुशान प्रवद्धन केन्द्रका रेखा खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वेल वहादुर वि.क ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस