विप्लव नेकपा सल्यानका सदस्य डाँगी धरौतीमा रिहा

सल्यान टुडे,
सल्यान १९, कार्तिक ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सल्यान जिल्ला कमिटी सदस्य भद्र बहादुर डाँगी रिहा हुनुभएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर २ सोतागार घर भएका डाँगी कार्तिक ८ गते राती घरबाट पक्राउ पर्नुभएको थियो । डाँगी ११ दिनपछि आज रिहा हुनुभएको हो ।


मंगलबार जिल्ला अदालत सल्यानले १ लाख ३३ हजार धरौटीमा उहाँलाई रिहा गर्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बम विस्फोट र हातहतियार खरखजना सम्बन्धी मुद्धामा डाँगीलाई पक्राउ गरिएको थियो । रिहा भएपछि उहाँले अब स्वतन्त्र भएर बस्ने प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस