दार्मामा बिद्युत बिस्तारः उद्घाटन गर्न ऊर्जामन्त्री पुन आज सल्यान आउदैँ

सल्यान टुडे,
सल्यान २०, कार्तिक ।
सल्यानको दार्मा गाउपालिकामा बिद्युत बिस्तारको काम तिव्र पारिएको छ । बिद्युतको पहुँचमा नरहेको यस गाउपालिकामा स्थानिय सरकार र केन्द्र सरकारको बजेटबाट बिद्युत बिस्तारको काम तिव्र पारिको हो । अहिले गाँउपालिकाको मुकाम, अन्य सबै वडाहरुको मुकाम सम्म बिद्युत पुर्याएको गाउपालिकाले जनाएको छ ।

बिद्युत बिस्तारको लागी करिब  ३ करोड रुपैँया खर्च भएको छ । केन्द्रिय सरकारको १ करोड ५२ लाख र गाउपालिकाको १ करोड १५ लाख रुपैँया बाट बिद्युत बिस्तारको काम तिव्र पारिएको गाउपालिका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो । उहाँले अहिले बिद्युत बिस्तारको काम तिव्र पारिएको बताउनुभयो ।


बिद्युतकाे पुहँच बाहिर रहेको गाउपालिकामा बिद्युत  बिस्तारको कामलाई तिव्रता दिएका छौँ, अहिले सम्म गाउपालिका र वडा कार्यालयको मुकाम सम्म बिद्युत पुगेको छ, हामीले सबै दार्माबासीको घरसम्म बिद्युतको पहुँच पुर्याउने लक्ष्य लिएका छौँ उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले गाउपालिकाको मुकाम र वडाको मुकाम आसपासका बस्तीहरुमा धमाधम रुपमा बिद्युत जडानको काम भैरहेको छ ।

यसैबिच बिद्युतको उद्घाटन गर्न ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन आज बुधबार सल्यान आउदैँ हुनुहुन्छ। दार्मामा जडान गरिएको बिजुली बत्तीको उद्घाटन गर्न मन्त्री पुन सल्यान आउन लाग्नु भएको गाउपालिका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

मन्त्री पुन सँगै संघीय प्रतिनिधि सभा सदस्य टेकबहादुर बस्नेत, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाह लगाएतका बिशिष्ट ब्यक्तिहरु पनि आउने कार्यक्रम रहेको दार्मा गाउपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस