दुई बर्षमा पुरै कर्णाली झिलिमिली : ऊर्जा मन्त्री पुन

सल्यान टुडे,
सल्यान २१, कार्तिक ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षामान पुनले नेपाल विद्युत्मा आत्मनिर्भर बन्दै गएको बताउनुभएको छ । बिगतका बर्षहरुमा बिदेशी राष्ट्रबाट बिद्युत् आयात धेरैभएपनि अहिले क्रममा बिद्युत आयात कम हुदैँ गएको बताउनुभएको हो ।


नेपाल पत्रकार महासंघ सल्यानले आज बिहान सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ‘नेपाल बिद्युतिय ऊर्जामा आत्म निर्भर बन्दै गएको छ, बिदेशबाट आयात हुने बिद्युत कम हुदैँ गएको छ, आगामी बर्ष नेपालमा उत्पादन भैरहेको बिद्युत दोब्बरले बढाउने गरी सरकारले काम थालेको छ’— उहाँले भन्नुभयो । जसको फलस्वरुपः अबको दुई बर्षमा पुरै कर्णाली झिलिमिली हुने छ ।

उहाँले कर्णाली प्रदेशका सवै वस्तीहरुमा विद्युत पु¥याउनका लागि सरकारले युद्धस्तरमा काम गरिरहेको बताउनुभयो । सरकारले समृद्धिको सपना वोकेर काम अगाडी वढाइरहेको भन्दै अबको दुई वर्ष पछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अध्यारोमा बस्नु नपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो —‘कर्णाली प्रदेशका ६१ प्रतिशत नागरिक अहिले पनि विद्युतको पहँुचबाट बाहिर रहेका छन्, सरकारले नै विद्युतिकरणलाई प्राथमिकता दिएर काम अगाडी बढाइरहेको छ ।’

‘पोल नभएको ठाउमा पोल गाड्नुस, पोल गाडेको ठाउमा तार तान्नुस र तार तानेको ठाउमा बिजुली जोडेर सबै वस्तीमा विद्युत पु¥याउनुस यसका लागि के सहयोग गर्नुपर्छ संघिय सरकार तयार छ’— मन्त्री पुनले भन्नुभयो । पत्रकार सम्मेलनको सहजीकरण नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्माले गर्नुभएको थियो ।

नेपाल बिद्युत प्राधिकरण सल्यान बितरण केन्द्रका अनुसार सल्यानमा हाल सम्म करिब ३५ प्रतिशत नागरिकहरु मात्रै बिद्युतको पहँुच भित्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस