सल्यान मालपोत कार्यालयको सेवालाई सहज बनाउन माग

सल्यान टुडे,
सल्यान २१, कार्तिक ।
जिल्ला मालपोत कार्यालय सल्यानबाट प्रदान गरिने सेवा सुबिधालाई छिटो, छरितो र सहज बनाउन नागरिक समाजले माग गरेको छ । नागरिकले छिटो, छरितो रसहज रुपमा सेवा पाउनुपर्ने संबिधानमा ब्यबस्था भएपनि जिल्ला मालपोत कार्यालय सल्यानमा इन्टरनेट नचलेर तथा सर्भर नचलेर सेवाग्राहीले बेला बेलामा सास्ती भोग्ने गरेका छन् ।


सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै मालपोत कार्यालयले प्रदान गर्ने सेवालाई छिटो, छरितो र सहज बनाउन माग गर्दै आज जिल्लामा क्रियाशिल नागरिक अधिकारीकर्मीहरुले प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने मार्फत भूमि, ब्यबस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालय सिंहदरबारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मालपोत कार्यालयमा रहेको सफ्टवयरको मूख्य सर्भर सिंहदरबार सेन्टरबाट नियन्त्रण हुने र सोही ठाँउमा आउने समस्याका कारण जिल्लामा पनि समस्या आई रहने भएकाले यसलाई दिगो रुपमा समाधान गर्न ध्यानाकर्षण पत्र बुझाईएको हेड नेटवर्क सल्यानका अध्यक्ष तोरण बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस