मानवअधिकार समुहको बैठक खलंगामा सम्पन्न

सल्यान टुडे,
सल्यान २२, कार्तिक ।
मानवअधिकार समुहको बैठक शारदा नगरपालिकाको खलंगामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले शुरु गरेको स्थानीय समुदायलाइ सचेत पार्दै जिम्मेवार निकायलाइ सचेत बनाउने (इपीएल) परियोजना अन्तरगत मानवअधिकार समुहको बैठक समुहका अध्यक्ष मुना हमालको अध्यक्षतामा सम्पन्न भएको हो ।


बैठकमा मानअधिकार समुहको आचारसंहिता सम्बन्धी छलफल गरिएको अध्यक्ष हमालले बताउनुभयो । उहाले नगरभित्र रहेको शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवासका बारेमा समस्या पहिचान गरि सम्बिन्धत निकायसम्म पुर्याउने बारे कार्ययोजना बनाउने बताउनुभयो ।

उहाँले सम्बन्धित अधिकारका विषयमा यस समुहले सक्रिय भएर लाग्ने बताउनुभयो । यस्तै बैठकमा परियोजनाबारे अभिमुखीकरण गरिएको र आगामी दिनमा इएलपी परियोजनाका कार्यक्रमहरु तीव्र रुपमा संचालन गर्न सबै सदस्यले प्रतिबद्दता जनाएको सदस्य सचिव शिव डाँगीले जानकारी दिनुभयो ।

यसैबिच सल्यानको शारदा नगरपालिका – ११ मा रहेको मेहन्द्र रत्न माविमा बाल अधिकार चेतना समुह गठन गरिएको छ । अमृता कुमारी बुढाथोकीको अध्यक्षतामा १३ सदस्यीय समुह गठन गरिएको परियोजनाका सहजकर्ता रामचन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस