सल्यान टुडे,
सल्यान २२, कार्तिक ।
सल्यानको शारदा नदिमा झोलुंङ्गे पुल निर्माण गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १५ र सिद्धकुमाख गाउपालिका वडा नम्बर १ लाई जोड्न चुरेढुंगामा झोलुंङ्गे पुल निर्माण गरिएको हो । यस ठाँउमा पुल नहुदाँ यहाँका स्थानियहरुलाई शारदा नदि वारपार गर्न समस्या हुने गरेको थियो ।
करिब ७० लाख रुपैँयाको लागतमा पुल निर्माण कार्य सम्पन्न भएको पुल निर्माण उपभोक्ता समितीका अध्यक्ष कैलाश खत्रीले जानकारी दिनुभयो । संघिय सरकार, स्वाँप, टिबिएसयू हेल्बेटान्स र शारदा नगरपालिकाको आर्थिक सहयोग, स्थानियको श्रमदान र शारदा संस्थाको सामाजिक तथा प्राबिधिक सहयोगमा पुल निर्माण कार्य सम्पन्न भएको हो ।
झोलुंङ्गे पुल १ सय ७ मिटर लामो रहेको छ । बिगतमा यहाँ पुल नहुदाँ स्थानियलाई वारपार गर्न, स्थानिय उत्पादित बस्तुलाई बजार सम्म लैजान तथा बिद्यार्थीहरुलाई बिद्यालय आउजाउ गर्न समस्या हुने गरेको थियो । पुल निर्माण बाट करिब ५ सय घरधुरी लाभान्वित भएका छन् ।
यसैबिच झोलुंङ्गे पुलको उद्घाटन गरिएको छ । शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, उपप्रमुख साबित्रा बस्नेत, शारदा नगरपालिका १४ का वडाअध्यक्ष कृष्ण बहादुर गिरी, १५ का वडाअध्यक्ष हिमेन्द्र बाबु सेजवाल, सिद्धकुमाख गाउपालिका १ का वडाअध्यक्ष राम बहादुर बस्नेत लगाएतको उपस्थितीमा पुलको उद्घाटन गरिएको हो । शारदा नदिमा झोलुंङ्गे पुल निर्माण भएपछि स्थानिय खुसी भएका छन् ।