सल्यान टुडे,
सल्यान २३, कार्तिक ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आमसञ्चार तथा पत्रकारिता विषयको स्नात्तकोत्तर तह पढाइ हुने भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) अन्तर्गत मानविकी तथा सामाजिक संकाय सुर्खेतले आउँदो माघदेखि पत्रकारिता र आमसञ्चार विषयमा स्नातकोत्तर तहमा कक्षा सञ्चालन गर्न लागेको हो ।
सुर्खेतमै ‘डिग्री’ पढ्न पाइने भएपछि अब पत्रकारिता विषय पढ्न काठमाण्डौ धाउनुपर्ने बाध्यता हटेको छ । यसअघि स्नातक तह पढेका विद्यार्थी स्नात्तकोत्तर तह अध्ययनका लागि काठमाण्डौ जानपथ्र्यो, आउँदो माघदेखि सेमेस्टर पद्धतिमा स्नात्तकोत्तर तहको पढाइ सञ्चालन गर्ने तयारी पूरा भएको विश्वविद्यालयका पत्रकारिता तथा आमसञ्चार शिक्षण समितिका अध्यक्ष तथा उप(प्राध्यापक युवराज शर्माले जानकारी दिए ।
‘यसै वर्षदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पत्रकारिता विषयको स्नातकोत्तर तह सञ्चालन गर्दैछौँ’, विश्वविद्यालयमा पत्रकारिताका अध्यापक समेत रहेका शर्माले भने, ‘सुर्खेतमै पढाइ हुने भएपछि अब ‘डिग्री’ पढ्न काठमाण्डौ जानुपर्ने बाध्यता हट्नेछ ।’ पत्रकारिता विषयको स्नात्तकोत्तर तहका लागि त्रिभुवन विश्वविद्यालय चर्चित छ ।
तर उपत्यका बाहिर कर्णालीमा पहिलो पटक मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पत्रकारिताको स्नातकोत्तर तह सञ्चालन गर्न लागेको हो ।