सल्यान टुडे,
सल्यान २४, कार्तिक ।
एक दिने निशुल्क आँखा जाँच कार्यक्रम आज सल्यानको कजेरीमा सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघ, सल्यान आँखा उपचार केन्द्र शितलपाटीको प्राविधिक सहयोग र शारदा नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग तथा स्थानिय ब्यबस्थापनमा आँखा जाँच कार्यक्रम सम्पन्न भएको हो ।
आँखा जाँच कार्यक्रममा १ सय १२ जना आँखाका बिरामीको आँखा जाँच गरिएको थियो । जसमा महिला ७० जना र ४२ जना पुरुषको आँखा जाँच गरिएको थियो । आँखा जाँचका क्रममा १२ जनामा मोतियाबिन्दु भएको पाईएको छ ।
आँखा जाँच गराएका अन्यमा सामान्य आँखा रातो हुने, आँखा चिलाउने, आँखा सुख्खा हुने, चस्मा लगाउनु पर्ने, आँखा पाक्ने बिरामीहरुलाइ निशुल्क औषधी बितरण गरिएको थियो । मोतियाबिन्दु भएका बिरामीहरुलाइ आगामी मंसिर २ र ३ गते सल्यान आँखा उपचार केन्द्र शितलपाटीमा हुने २ दिने निशुल्क आँखा शिबिरमा अप्रेशनको लागि बोलाएको छ ।
आँखा जाँच कार्यक्रममा नेत्र सहायक नबिना चौधरीले आँखा जाँच गर्नुभएको थियो । वडाबासीलाई स्थानिय स्तरमा नै सेवा उपलब्ध गराउने उद्धेश्यले निशुल्क आँखा शिबिरको आयोजना गरिएको वडाअध्यक्ष लिला बहादर रोकाले जानकारी दिनुभयो ।