दुर्गा बिसी, सल्यान टुडे,
सल्यान २४, कार्तिक ।
हामीले सुन्छौँ, केही निर्माण ब्यबसायीहरुले आफुले जिम्मेवारी लिएका पूर्बाधार बिकासका काम अलपत्र पारेका हुन्छन् । सम्झौता भएको बर्षौ बितिसक्दा पनि ती कामहरु अलपत्र परेका छन् ।
तर लामा कन्ट्रक्सन महाराजगञ्ज काठमाण्डौँले ठिक्का लिएका ६ पक्की पुलको निर्माण कार्य भने अन्तिम चरणमा पुगको छ । छिन्चु जाजरकोट सडक खण्डको बनगाड कुपिण्डेको बनगाड खोला र सुर्खेत सिम्ता गाउँपालिकामा निर्माणाधिन पक्की पुलहरुको काम अन्तीम चरणमा पुग्न थालेको छ ।
कन्ट्रक्सनका पिताम्बर वडका अनुसार बनगाड कुपिण्डेको बन्गाड खोला र सिम्ताको काली खोला लगाएतको स्थानमा पुलको काम अन्तीम चरणमा पुगेको छ । बनगाड खोलामा ३५ मिटर लम्बाई भएको, खहरेखोला राकमको ३० मिटर, जिया खोला गजौडामा २० मिटर, वालिखोलामा २० मिटर, कालीखोलामा २५ मिटर र चाउरेखोलामा १५ मिटर लम्बाईका ३० करोड लागतमा काम अन्तिम चरणमा पुगेको छ ।
६ वटै पुलको काम लामा कन्ट्रक्सनले २०७४ भदौबाट सञ्चालन गरेको थियो । ६ वटै पुलको ढलान सम्पन्न भई अव थौरै पुलको फिनिसिङ्गको काम मात्रै वाँकी रहेको छ । बनगाड खोला र काली खोलाको काम समेत छिटै हुने कन्ट्रक्सनका प्रतिनिधी वसन्त घिमिरेले जानकारी दिनुभयो ।
कन्ट्रक्सनले प्रति पुलको लम्बाई र क्षेत्र हेरेर साढँे ३ करोड देखी ४ करोडमा कामको ठेक्का लिएको थियो । कन्ट्रक्सनले सम्झौता मितीमा नै ६ वटै पुलको काम सम्पन्न गर्ने जनाएको छ । यसैबर्षमा सवै पुलको काम सम्पन्न गर्ने कन्ट्रक्सनले जनाएको छ ।
छिन्चु जाजरकोट सडक खण्डको सिम्ता गाउँपालिका क्षेत्र भित्र मात्रै दुई वर्षमा ५ पक्की पुल निर्माण भएका छन् भने बनगाड कुपिण्डेको बनगाड खोलामा एक पुल निर्माणाधिन अबस्थामा छ ।