सल्यान टुडे,
सल्यान २४, कार्तिक ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार निवासी क्यान्सर भइ निधन भएका ७० वर्षीया अम्मरबहादुर शाहीको परिवारलाई सहयोग गरिएको छ । लक्ष्मी बचत तथा ऋण सहकारी सस्था लिमिटेड सल्लिले आर्थिक सहयोग गरेको हो ।
काजकिरिया खर्च भनेर संस्थाले ५ हजार रुपैया मृतकका परिवारलाई हस्तान्तरण गरेकोे छ । उपचारको क्रममा विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा लामो समय देखि उपचारत शाहीको कात्तिक २० गते उपचारको क्रममा निधन भएको थियो ।
सस्थाका सस्थापक सदस्य दीपेन्द्र शाही र साधारण सदस्य कमल बिक्रम शाहीका बुवा मृतक शाही सहकारीको शेयर सदस्य हुनुहुन्थ्यो । दुखको समयमा सहकारी संस्थाका पदाधिकारी आएर सहयोग गरेकोमा मृतकका परिवारले सहकारीलाई धन्यवाद दिएको छ ।