सल्यान टुडे,
सल्यान २६, कार्तिक ।
सल्यानको प्रमुख पर्यटकिय स्थल कुपिण्डे तालमा पूर्णिमा मेला लागेको छ । बिगतका बर्षहरु जस्तै यस बर्ष पनि तिहार पछिको पहिलो पूर्णिमाको अबशरमा मंगलबार मेला लागेको हो । पर्यटन प्रर्बद्धन गर्ने र कुपिण्डे तालको प्रचारप्रसार गर्ने उद्धेश्यले मेलाको आयोजना गरिएको कुपिण्डे ताल संरक्षण समितीले जनाएको छ ।
सरकारले घोषणा गरेको सय पर्यटकिय गन्तब्यमा पर्ने कुपिण्डे तालमा मेलाको अबशरमा भलिवल प्रतियोगिताको समेत आयोजना गरिएको छ । तीन दिन सम्म चल्ने प्रतियोगितामा २० वटा टिमले सहभागिता जनाएका छन् ।
कुपिण्डे ताल संरक्षण समितीका अध्यक्ष चेत वहादुर कवरको अध्यक्षतामा भएको कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द कुमार पुनको प्रमुख आतिथ्यता रहेको थियो । सो अबशरमा बोल्दै नगरप्रमुख पुनले कुपिण्डे तालको संरक्षण र प्रचारप्रसारको लागी नगरले गुरुयोजना निर्माण गर्ने तयारी गरेको बताउनुभयो ।
कार्यक्रम वडाअध्यक्ष कुल वहादुर यरी, नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष अकबर पुन, नगर शिक्षा अधिकारी चक्र रावत लगाएतको सहभागिता रहेको थियो ।