कुमाख गाउपालिका ५ मा वडाअध्यक्षका लागी पाँच जनाको उम्मेदवारी

सल्यान टुडे,
सल्यान २७, कार्तिक ।
सल्यानमा रिक्त रहेको एक वडाअध्यक्ष पदका लागी पाँच जनाको उम्मेदवारी परेको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागी जिल्लाको कुमाख गाउपालिका ५ मा पाँच जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडाअध्यक्ष पदको उम्मेदवारी दिनका लागी बिहान १० बजे देखी दिउसोँ १ बजे सम्मको समयसिमा तोकिएको थियो ।


जसमा पार्टीबाट तीन जना र स्वतन्त्रबाट दुई जना गरेर पाँच जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस कुल प्रसाद पाण्डे जानकारी दिनुभयो । उहाँका अनुसार सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाट धर्मे बुढाथोकी, नेपाली काँग्रेसबाट खड्ग बहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल शाहले उम्मेदवारी दर्ता गरेका छन् ।


यस्तै स्वतन्त्रबाट चित्र प्रकाश गिरी र दलबिर बस्नेतले पनि उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रागेचौरले जनाएको छ । कार्यालयका अनुसार शान्तिपूर्ण रुपमा मनोनयन दर्ता सम्पन्न भएको छ । कुमाख गाउपालिका ५ का वडाअध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितीको उपप्रमुख भएपछि यहाँ वडाअध्यक्ष पदरिक्त रहेको थियो ।

यसैबिच बिभिन्न पार्टीहरुले हर्सोउल्लासका साथ उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्न बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

 

तस्वीर :  संजिव लामिछानेको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस