भारतले सिमा मिचेको बिरोधमा नेबिसंघद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सल्यान टुडे,
सल्यान २८, कार्तिक ।
भारत सरकारद्वारा नेपालको भूमि अतिक्रमण गरि बनाएको नयाँ राजनितिक नक्साको नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ सल्यान शारदा नगर कार्य समितीले बिरोध गरेको छ । बुधबार नेपाल विद्यार्थी संघ शारदा नगर कार्य समितीले बिरोध स्वरुप प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।


एकतर्फी रुपमा भारतले नेपाली भू–भाग आफ्नो नक्सामा समावेश गरेको विरोधमा ज्ञापन पत्र बुझाईएको नगर सभापति अभिषेक हमालले जानकारी दिनुभयो । ‘भारतले सीमा मिच्न पाइदैन, लिम्पियाधुरा, कालापानी, लिपुलेख हाम्रो हो’ उहाँले भन्नुभयो । ज्ञापन पत्र बुझाउन नेपाल विद्यार्थी संघ सल्यानका उपाध्यक्ष प्रेम नारायण बि.क. लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस