‘साना उद्योगको विकास: आर्थिक समृद्धिको आधार’ :मन्त्री बुढा

सल्यान टुडे,
सल्यान २८, कार्तिक ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिहं बुढाले लघु, घरेलु तथा साना उद्योगको विकासबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ । साना उद्योगको विकास नभएसम्म ठुला उद्योगको विकास सम्भव नरहने उहाँले बताउनु भयो ।

बुधबार सल्यान खलंगामा आयोजित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बुढाले कर्णाली प्रदेशको हकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको बताउनु भयो । उहाँले भन्नुभयो ‘अबका दिनमा देशको विकास गर्ने माध्यम भनेको घरेलु तथा साना उद्योग भएकाले उत्पादन, रोजगारीका हिसाबले यस्ता उद्योगको भूमिका उच्च हुन्छ ।’

साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने भन्दै मन्त्री बुढाले यस्ता उद्योगहरुबाट गुणस्तरिय र प्रतिस्पर्धी उत्पादन बजारमा आउनु पर्नेमा जोड दिनु भयो । कर्मचारी समायोजन ऐन लगायतका कारण कर्णाली प्रदेशमा कर्मचारीको अभाव हुँदा कार्यक्रम केही प्रभावित भए पनि अव त्यस्तो समस्या नहुने उहाँको भनाई छ ।

कर्मचारी समस्या हल गर्न प्रदेशलले करारमा कर्मचारी पदपूर्ति गरकोले अव योजनाहरु कार्यन्वयन हुदैनन् की भन्ने चिन्ता नलिन समेत आग्रह गर्नु भयो । एक जिल्ला एक ठूला उद्योग सञ्चालनका लागि सम्भाव्यता अध्ययन भई रहेको समेत बुढाले बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य मिना रखालले तीन तहका सरकारका बीचमा समन्वय नहुदाँ काम गर्न समस्या भएको बताउनुभयो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख नृपजंग शाहीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगाएतकाले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस