सिम्ता गाउपालिकाद्धारा २९ जना बेरोजगारलाई रोजगारी

दुर्गा बिसी, सल्यान टुडे,
सल्यान २८, कार्तिक ।
सुर्खेत सिम्ता गाउँपालिका भित्रका ग्रामीण सडकहरूको मर्मत गर्नका लागी मर्मत सम्भार समूह गठन गरिएको छ । सो समूह परिचालन गरि सिम्ता गाउँपालिका क्षेत्रका ग्रामीण सडकहरुको संरक्षण तथा मर्मत हुने छ । सो समुहबाट २९ जनालाई सिम्ता गाउँपालिकाले रोजगारी दिने छ ।


ग्रामीण सडक नियमित सञ्चालनको लागि सामान्य मर्मत सम्भार पनि हुने र विपन्न वर्गले रोजगार पाउने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी भयो । जनताको जनजिविका र रोजगारी समेत सृजना हुने हेतुले गाउँपालिकाले यो निर्णय गरेको उहाँले बताउनुभयो । जस अन्र्तगत अति विपन्न नागरिकको छनौट गरि २९ जनालाई सिम्ताका स्थानीय सडकहरुमा काम लगाइने भएको छ ।

मर्मत सम्भार समूह अन्तर्गत ठाटी खनेटा सडकको लागि ६ जना, जामुनबजार देउलिसम्मको लागि ५ जना, गोजि आलि दुनिसम्मको लागि ८ जना र जामुनेबजार काप्रिचौर डाडाखालि हुदै दहसम्मका लागि १० जनाको समूह बनाएर परिचालन गरिएको छ । मर्मत सम्भार समुहलाइ काम गर्न सहजताको लागि विभिन्न प्रकारका औजार तथा सामाग्री समेत हस्तान्तरण गरिएको थियो । दैनिक ज्याला भने ५ सय ४० कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित