सल्यान टुडे,
सल्यान २९, कार्तिक ।
सल्यानको पश्चिम क्षेत्रमा पर्ने बनगाड कुपिण्डे नगरपालिकामा परियोजना जानकारी तथा मानव अधिकार समूह गठन गरिएको छ । सल्यानको शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा परियोजनाले ३ बर्षे समयावधिमा काम गर्ने जनाएको छ । शिक्षा, स्वास्थ्य, खाद्य अधिकार, न्यायिक वकालत र कानुनी परामर्शका क्षेत्रमा काम गर्ने इन्सेक सल्यानका सहजकर्ता रामचन्द्र रेग्मीले जानकारी दिनु भएको छ ।
कार्यक्रमका अध्यक्ष गोविन्द कुमार पुनले यो कार्यक्रम लागू पश्चात् आफुहरुलाइ सजिलो हुने जनाउनु भएको छ । साथै प्रभाकर मावि देवस्थलमा सोनिका यरिको अध्यक्षतामा १७ सदस्यीय वाल कल्व गठन गरिएको छ भने तिलक नेपालीको अध्यक्षतामा मानव अधिकार समूह गठन गरिएको छ ।