दुर्गा बिसी, सल्यान टुडे,
सल्यान २९, कार्तिक ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको केन्द्र सल्लिवजारमा युवाहरुले भारतले नेपाली भूमि मिचेकोमा विरोध जनाएका छन् । भारतले नेपाली भूमी लिम्पियाधुरा, कालापानी, लिपुलेक र भारती सिमाना रहेका नेपाली भूमी मिचिएको विषयमा विरोध जनाएका हुन् ।
बिरोधकर्ताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत पुत्ला जलाएका छन् । नेपाली भूमीलाइ भारतले आफ्नो नक्सामा पारे पछि देशैभरी विरोध भैरहेको समयमा सल्लिवजारमा पनि युवाहरुले विरोध जनाएका हुन् । जनकल्याण यूवा क्लवको आयोजनामा कार्यक्रम भएको थियोे ।
भारतको दादागिरी र रवैया प्रति सांकेतिक जुलुस निकालेको क्लवका अध्यक्ष सन्देश यरीले जानकारी दिनुभयो । सरकारले भारतीय वेथितिलाई रोकी दिगो रुपमा समाधान गर्नुपर्नेमा उनीहरुको जोड थियो । यति वेला पहलकदमि गर्नु पर्ने र कुटनैतिक रुपमा समाधान खोज्न आग्रह गरिएको छ ।
यूवा मिनराज डिसीले नेपाली सिमाना मिचिदा पनि सरकारले ठोस पहल नगरेको भन्दै आक्रोश ब्यक्त गर्नुभयो । सरकारले कुटनैतिक पहल र कुटनैतिक रुपमा यसको समाधानको लागी पहल गरिरहेको छ ।