सिद्धकुमाखमा सञ्चालित आँखा शिविरमा २ सय २६ जनाको आँखा जाँच

सल्यान टुडे,
सल्यान २९, कार्तिक ।
सल्यानको सिद्धकुमाख गाउपालिकामा निःशुल्क आँखा शिबिर सम्पन्न भएको हो । गाउपालिकाको वडा नम्बर ४ खार्वनमा बिहीबार र वडा नम्बर ३ को ढोरचौरमा आज आँखा शिबिर सम्पन्न भएको हो ।


खार्वनमा भएको आँखा शिबिरमा १ सय ४ जनाको आँखा जाँच गरिएको थियो । जसमा ३८ जना महिला र ६६ जना पुरुष रहेका छन् । ती मध्ये ८ जनामा मोतियाबिन्दु भएको पाईएको छ ।


यस्तै ढारेचौरमा सम्पन्न आँखा शिबिरमा १ सय २२ जनाको आँखाको जाँच गरिएको छ । जसमा ५० जना पुरुष र ७२ जना महिला रहेका छन् । ती मध्ये १४ जनालाई मोतियाबिन्दु भएको पाईएको छ । भने जटिल खालको समस्या भएका ३ जनालाई राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा रिफर गरिएको छ ।


आँखा जाँच गराएका अन्यमा सामान्य आँखा रातो हुने, आँखा चिलाउने, आँखा सुख्खा हुने, चस्मा लगाउनु पर्ने, आँखा पाक्ने बिरामीहरुलाइ निशुल्क औषधी बितरण गरिएको थियो । मोतियाबिन्दु भएका बिरामीहरुलाइ आगामी मंसिर २ र ३ गते सल्यान आँखा उपचार केन्द्र शितलपाटीमा हुने २ दिने निशुल्क आँखा शिबिरमा अप्रेशनको लागि बोलाएको छ ।


आँखा शिविरमा वरिष्ठ नेत्र स्वास्थ्य कर्यकर्ता पदम राज पन्तले आँखा जाँच गर्नुभएको थियो । गाउपालिकाबासीलाई स्थानिय स्तरमा नै सेवा उपलब्ध गराउने उद्धेश्यले निशुल्क आँखा शिबिरको आयोजना गरिएको गाउपालिका अध्यक्ष मान बहादुर चलाउने जानकारी दिनुभयो ।


नेपाल नेत्रज्योती संघ, सल्यान आँखा उपचार केन्द्र शितलपाटीको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाईटी उपशाखा ढोरचौरका सभापती लोक बहादुर बिकको बिशेष पहल र गाउपालिकाको आयोजनामा शिबिर सम्पन्न भएको सुचना अधिकारी भिम भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस