सल्यान प्रहरीद्धारा मानब बेचविखन तथा ओसारपसार गरेको आरोपमा एक जना पक्राउ

सल्यान टुडे,
सल्यान ३०, कार्तिक ।
मानब बेचविखन तथा ओसारपसार गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ९ बानिया टोल निवासी १९ बर्षिय दिनेश खड्का रहेका छन् ।


सल्यानकी युवती महिलालाई ललाई फकाई विवाह गर्ने प्रलोभनमा पारी भारतको हिमाचल प्रदेश सिम्ला जिल्लाको रुरु भन्ने स्थानमा लगी बेचविखन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनलाई कार्तिक २२ गते घरबाट नै पक्राउ गरिएको थियो । प्रहरीले यस बिषयमा भने शुक्रबार मात्रै जानकारी दिएको को । पक्राउ परेका उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस