चाँदनी साततले गुफा सम्म बस पुग्यो

सल्यान टुडे,
सल्यान १, मंसिर ।
धार्मिक तथा पर्यटकिय स्थल चाँदनी साततले गुफा सम्म बस पुगेको छ । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ लेखपोखरामा रहेको धार्मिक तथा पर्यटकिय क्षेत्र चाँदीन सात तले गुफा सम्म पहिलो पटक शनिबार बस पुगेको हो । सल्यान शारदा यातायात प्रालिको ना ८ ख ६४२० नम्बरको बस धुमधुमेको गाडी पार्किङ स्थल सम्म पुगेको चाँदनी साततले गुफा संरक्षण समितीका अध्यक्ष याम बहादुर पुनले बताउनुभयो ।


बिगतमा लान्ती लेखपोखरा सडकखण्डको उचाल्ने घुम्ती देखी गुफा सम्म साना सवारीसाधानहरु पुग्ने गरेको भएपनि सडकको मर्मत सँगै पहिलो पटक बस पुगेको उहाँले जानकारी दिनुभयो । जिल्लाको शारदा नगरपालिका १५ स्यालेघारीको न्यू स्टार यूथ क्लवको टोली बस लिएर चाँदनी साततले गुफाको भ्रमण तथा अबलोकनका लागी त्यहाँ पुगेको हो । सात वटा तला भएको चाँदनी गुफा, ढुँगे मादल, बिभिन्न प्राकृतिक आकृति, सिद्ध बाबाको मन्दिर, ढुंगे पानी, ढकढके ढुंगा आदीको भ्रमण तथा अबलोकनका लागी पर्यटकहरु यहाँ आउने गर्दछन् ।

पछिल्लो समय सडकको मर्मत हुनु र प्रचारप्रसारका कारण यहाँ घुम्न आउने आन्तरिक पर्यटकहरुको संख्या बढ्दै गएको छ । बिदाको दिन र चाडपर्वको समयमा घुम्न आउने पर्यटकहरुको संख्या धेरै भएको चाँदनी सात तले गुफा संरक्षण समितीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस