सल्यानमा ५ दिने निःशुल्क बृहत हाडजोर्नी शिबिर शुरु

सल्यान टुडे,
सल्यान १, मंसिर ।
सल्यानमा ५ दिने निःशुल्क बृहत हाडजोर्नी शिबिर शुरु भएको छ । आज देखी शुरु भएको शिबिर मंसिर ५ गते सम्म सञ्चालन हुने छ । जिल्ला अस्पताल सल्यानमा शुरु भएको शिबिरमा मूख्य सर्जन बेल्जिएमका डा. पियर सुट लगाएतको टोलीले सेवा प्रदान गरिरहेको छ ।
द माउन्टेन मोबाइल हस्पिटल, सोलुखुम्बु पोलिटेक्निकल एकेडेमी र सल्यानी यूवा सञ्जालको आयोजनामा शिविरको आयोजना गरिएको हो । आजको पहिलो दिनमा जिल्लाका बिभिन्न स्थानियतहका बिरामीहरुले सेवा लिएका थिए ।


यसैबीच आज बिहान शिविरको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । जिल्ला अस्पताल बिकास समितीका अध्यक्ष दामोदर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, प्रमुख जिल्ला अधिकारी लगाएतले बोल्नु भएको थियो । सञ्जालका महासचिब तेज किरण ओलीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सदस्य बामदेब केसीले गर्नुभएको थियो ।

शिबिरमा शिविरमा हात खुट्टा भाँचिएर बाङ्गो भएको, उपचार गर्न मिल्ने अपाङ्गता, स्टिल रड, तार, किला हाल्नुपर्ने र निकाल्नुपर्ने बिरामीहरूको निःशुल्क अप्रेसन गरिन्छ । साबै निशुल्क रुपमा औषधि समेत बितरण भैरहेको छ । आर्थिक रुपमा कमजोर भएर उपचारको लागी जिल्ला बाहिर जान नसक्नेहरुलाई लक्षित गरी शिबिरको आयोजना गरिएको डा. माङमा शेर्पाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित