सल्यान टुडे,
सल्यान १, मंसिर ।
सल्यानमा एक जना मृत अबस्थामा भेटिएका छन् । जिल्लाको छत्रेश्वरी गाउपालिका १ दमाचौरका ५६ बर्षिय लोक बहादुर चन्द मृत अ
बस्थामा भेटिएका हुन् । तिहारको समयमा गत कार्तिक ११ श्रीमतीलाई माईत छोडेर फर्केका उनी बीच बाटो बाट नै हराएका थिए । उनीको १९ दिन पछि शनीबार पोखरी डाँडामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जवनाएको छ ।
फाईल फोटो
माथी भिर जस्तो ठाँउ भएको र तल सडेको अबस्थामा शव फेला परेको प्रहरीको भनाई छ । उनको शवलाई आज पाष्टमार्टम गरेर परिवारको जिम्मा लगाईएको छ । घटनाका बिषयमा आबश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।