सल्यान टुडे,
सल्यान २, मंसिर ।
सल्यानको कालीमाटी गाउपालिकाबाट २ जना बालक हराएका छन् । जिल्लाको कालीमाटी गाउपालिका १ लक्ष्मीपुर पोखराका १२ बर्षियद्धय बिनोद सुनार र रेमन्त प्रकाश वली हराएका हुन् । उनीहरु शनीबार दिउसाँे ३ बजेतीर रेमन्त प्रकाश वलीको घरबाट १७ हजार रुपैँया सहित हराएको परिवारले जनाएको छ ।
त्रिभुवन जनता माद्यामिक बिद्यालयमा कक्षा ४ मा अध्ययनरत सुनार र वली घरायसी बिबाद विना नै घरदेखी हराएको फुपु नुमा चन्दले जानकारी दिनुभयो । शनिबार देखी नै आफन्तको घरहरुमा खोजी गर्दा पनि अहिलेसम्म नभेटिएको उहाँको भनाई छ ।
रातो सर्ट र कालो पाईन्ट लगाएका रेमन्त र सेतो सर्ट र निलो पाईन्ट लगाएका बिनोद हराएको र अहिले सम्म पनि केही जानकारी नभएको बुवा एकेन्द्र वहादुर वलीले जानकारी दिनुभयो । हराएका दुवै बालकहरुको खोजी गरिदिन परिवारले सबैमा आग्रह गरेको छ ।