सल्यान टुडे,
सल्यान २, मंसिर ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर १ शान्तिनगर र वडा नम्बर १२ रेमशज्यूला जोड्ने मोटरेवल पुलको ३५ प्रतिशत निर्माण कार्य पुरा भएको छ । शारदा नगरपालिकाको गौरवको आयोजना अन्र्तगत निर्माण कार्य शुरु भएको पुलको अहिले सम्म ३५ प्रतिशत काम पुरा भएको निर्माण कम्पनीले जनाएको छ ।
५० मिटर लम्बाई र ८ दशमलव ४० मिटर चौडाई भएको मोटरेवल पुलको अहिले तिव्र गतिमा काम भैरहेको छ । शारदा नगरपालिकाको ४ करोड ४० लाख रुपैँया (भ्याट सहित) मा गौरीपार्वती÷जुद्ध एण्ड पूर्ण जेवी तुलसीपुर दाङ्गले निमार्णको जिम्मेवारी पाएको थियो । तोकिएको सयमसिमा अगाडी नै पुल निर्माण काम पुरा हुने निर्माण कम्पनीका सञ्चालक पूर्ण भण्डारीले जानकारी दिनुभयो ।
२०७५ साल माघ २० गते सम्झौता भइ २०७८ साल जेठ २० गते पुलको निर्माण कार्य पुरा गर्ने समयाबधि रहेको छ । समयमा नै बजेट निकासा भएमा आउदोँ बर्षायाम अगाडी नै मोटरेवल पुल सञ्चालनमा आउने उहाँको दावी छ । पुल निर्माणका क्रममा स्थानिय बाट कुनैपनि बिबाद नआएको र युद्धस्तरमा काम भैहरकाले तोकिएको समय अगाडी नै काम सम्पन्न हुने उहाँको दावी छ ।
यस मोटरेवल पुलको शारदा नगरपालिकाले अनुगमण तथा निरिक्षण गर्दै आएको छ । नगरप्रमुख सुरेश अधिकारीले तोकिएको समय अगाडी नै पुल निर्माण सम्पन्न गर्न भनेर निर्माण कम्पनीलाई तोकता गर्दै आएको बताउनुभयो । उहाँले तिव्र गतिमा काम भैरहेकाले काम छिटो सम्पन्न हुने बिश्वास ब्यक्त गर्नुभयो ।
नगरबाट बजेट उपलब्ध गराउने सन्दर्भमा कुनै समस्या छैन्, उहाँले भन्नुभयो निर्माण कम्पनीले छिटो र गुणस्तरीय काम गर्नुप¥यो । बिगतमा यहाँ पुल नहुदाँ बर्षायाममा स्थानिय, बिद्यार्थी तथा सवारीसाधनलाई आवतजावत गर्न समस्या हुने गरेको थियो । अब पुल निर्माण भएपछि सहज हुने स्थानियको भनाई छ ।