सल्यान टुडे,
सल्यान २, मंसिर ।
पूर्वसामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले पत्रकारले आफ्नो पत्रकारिताको मिसनलाई भुल्न नहुने बताउनुभएको छ । उहाँले पत्रकार समाजको ऐना जस्तै भएकाले पत्रकारिताको मिसनबाट बिचलित नभई बास्तबिकतालाई बाहिर ल्याउनुपर्ने बताउनुभएको हो ।
लेकाली अन्लाईनको दोस्रो बार्षिकोत्सक एवम् बिशेष फोटो प्रदर्शनी तथा बिकासमा पत्रकार र स्थानीय तहको भूमिका विषयक सोमबार खलंगामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दैमा उहाँले यस्तो बताउनुभएको हो । संघिय प्रतिनिधिसभा सदस्य समेत रहेका उहाँले सत्य तथ्यमा आधारित रहेर कलम चलाउन पत्रकारहरुलाई सुझाव दिनुभयो ।
यस्तै छत्रेश्वरी गाउपालिका अध्यक्ष सन्तोष केसीले सबैको साझा दायित्व सभ्य समाज निर्माण भएकाले यसमा सबै मिलेर अगाडि बढ्नु पर्ने बताउनुभयो । यस्तै सिद्धकुमाख गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले पत्रकारको कलम सत्य र तथ्यको पक्षमा चल्ने बताउनुभयो । उहाँले पत्रकार सवैको साझा भएकाले बास्तबिकतालाई बुझेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य टेकराज शाही, जिल्ला अध्यक्ष प्रतीक ईच्छुक शर्मा, सल्यानका पुर्वअध्यक्ष रमेशकुमार गौतम लगाएकाले बोल्नु भएको थियो । अन्लाईनका प्रधानसम्पादक खकेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बिरेन्द्र डिसीले गर्नु भएको थियो ।