नेको इन्स्योरेन्स लिमिडेटले बीमा दावी रकम भुक्तानी गरेको छ । कम्पनीले सल्यानको कालीमाटी गाउपालिका वडा नम्बर ४ बस्ने स्व. टाटुराम खड्काका हकवाला तिलसरी खड्कालाई मृत्युदावी वापत चेक हस्तान्तरण गरेको हो ।
गत जेठ १७ गते जिल्लाको कालीमाटी गाउपालिका वडा नम्बर ५, स्थित दाङ्ग तुल्सीपुर सर्खुेत सडक खण्डको भालेखोला भन्ने स्थानमा रा १ त ३४९६ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ घाईते भएका खड्काको उपचारको क्रममा मृत्यू भएको थियो ।
इन्स्योरेन्स लिमिडेटले क्रीया खर्च, गाडी मर्मत र उपचार खर्च बाफत १ लाख ५३ हजार ५ सय रुपैँया र बीमा दावी बाफत ५ लाख रुपैँया उनका हकवाला तिलसरी खड्कालाई हस्तान्तरण गरिएको नेको इन्स्योरेन्स लिमिडेट सल्यान शाखा प्रमुख नारायण दाहालले जानकारी दिनुभयो ।
दाहालले दुर्घटना बीमा योजना हर व्यक्तिको लागी फाइदा पुग्ने बताउदै बीमा गरेमा कसैको पनि दुर्घटनामा परी मृत्यु भएमा उसको परिवारलाई राहत प्राप्त हुने जानकारी दिनुभयो ।