सल्यानमा मोटरसाईकलको ठक्करबाट घाईते एक जनाको मृत्यू

सल्यान टुडे,
सल्यान ३, मंसिर ।
सल्यानमा मोटरसाईकलले ठक्कर दिँदा एक जनाको मृत्यू भएको छ । जिल्लाको श्रीनगरबाट दाङ्ग तर्फ जादैँ गरेको मोटरसाईकलले ठक्कर दिदाँ घाईते शारदा नगरपालिका ९ सुनचौर निवासी ८० बर्षिया बालिका बिष्टको उपचारको क्रममा मृत्यू भएको हो । सोमबार दिउसोँ साढेँ १ बजेको समयमा बाटो काट्ने क्रममा रा ४ प २४२४ नम्बरको मोटरसाईकलले बिष्टलाई छत्रेश्वरी गाउपालिका ६ लान्तिबजारमा ठक्कर दिएको थियो ।

मोटरसाईकलको ठक्करबाट घाईते बिष्टको श्रीनगरमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको थियो । उनको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मोटरसाईकल, कागजपत्र र चालक जीत बहादुर पुनलाई पहरीले नियन्त्रणमा लिएकोछ । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस