सल्यानमा एक कार्यपालिका सदस्यको घरबाट नगद र सुन चोरी

सल्यान टुडे,
सल्यान ३, मंसिर ।
सल्यानमा गाउँकार्यपालिका सदस्यको घरमा चोरी भएको छ । मंगलबार दिउँसो कपुरकोट गाउँ कार्यपालिका सदस्य शान्ता ओलीको घरबाट दुई तोला सुन र नगद ५० हजार रुपैयाँ चोरी भएको हो । कपुरकोट गाउँपालिका ६ स्थित कार्यपालिका सदस्य ओलीको घरमा कोही नभएको मौका छोपी अज्ञात समूह वा व्यक्तिले गहना र नगद चोरी भएको उनले जानकारि दिइन् ।

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी कपुरकोटका ईन्चार्ज शसिराम जैशीले दुई तोला सुन र नगद ५० हजार रुपैयाँ चोरी भएको खबर आएको र यस सन्दर्भमा प्रहरी टोलि खटाएर अनुसन्धान गरिरहेको जनाए । मंगलबार दिउँसो घरको ढोका खोलेको देखेपछि आफुहरुले भित्र रहेको बाकस हेर्दा उक्त बाकस समेत फोडेर नगद र सुन चोरी भएको थाहा पाएको घरमुली भोला ओलीले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस