साना किसान कृषि सहकारी संस्था लि कपुरकोटको २२ औ साधारणसभा सम्पन्न

सल्यान टुडे,
सल्यान ४,मंसिर ।
साना किसान कृषि सहकारी संस्था लि कपुरकोटको २२ औ साधारणसभा मगलबार सम्पन्न भएको छ । सान किसान कृषि सहकारि संस्था ली. कपुरकोट सल्यानले कृषिको व्यबसायिकरण उत्पादन बजारिकरण र साना उद्योगका माध्यमबाट आफ्ना सदस्यहरूको आर्थिक सामाजिक शैक्षिक एबं सांस्कृतिक उन्नतिका लागि अग्रसर अन्तर्राष्ट्रिय सहकारी सिद्धान्त द्वारा निर्देशित अग्रणि दिगो र भरपर्दो सहकारी संस्था हुने परिकल्पना रहेको छ।

ऋण लगानीमा ७ करोड ७५ लाख , शेयर पुजी १ करोड ५१ लाख, निक्षेप हिसाब ३ करोड , संस्थाको कुल सम्पत्ति ९ करोड ५१ लाख र ८ सय ७३ जनालाई शेयर लाभांश बितरण गरिएको छ । समुह संख्या १८० वटा ,जस मध्ये महिला १२० पुरुष ६० रहेको छ । सदस्य संख्या १४ सय ९ जना महिला ९७७ पुरुष ४३२ जना रहेका छन ।

कार्यक्रममा सभा अध्यक्ष मीन बहादुर सेन , प्रमुख अथिति कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर ले सम्बोधन गर्नुभएको थियो । संस्थाको प्रगति प्रतिवेदन संस्था प्रबन्धक तिर्थराज शर्माले प्रस्तुत गर्नुभएको थियो ।यसैगरी वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष मीन बहादुर सेनले प्रस्तुत गर्नुभयो ।कार्यक्रम संचालन संस्थाका ऋण सहायक जित प्रसाद आचार्यगर्नुभयको थियो भने स्वागत मन्तब्य मेनका मल्लले गर्नु भयको थियो ।

प्रतिक्रिया दिनुहोस