सल्यान टुडे,
सल्यान ४, मंसिर ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यान स्थापनाले आफ्नो २५ औँ बार्षिकोत्सव मनाएको छ । २०५२ साल मंसिर ४ गते जिल्ला शाखा स्थापना भएको थियो । स्थापना दिवशको अबशरमा आज महासंघको हलमा कार्यक्रमको आयोजना गरिएको थियो ।
जिल्ला अध्यक्ष प्रतिक ईच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले सत्यतथ्यमा आधारित रहेर कलम चलाउन पत्रकारहरुलाई सुझाव दिनुभयो । पत्रकार जहिले पनि सत्यको पक्षमा निष्पक्ष भएर काम गर्ने भएकाले समाजमा पत्रकारको लोकप्रियता कायमै रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ सल्यानका सल्लाहकार सनत कुमार शर्मा लगाएतकाले बोल्नुभएको थियो । सो अबशरमा नेपाल पत्रकार महासंघ सल्यानलाई जग्गा दान गर्ने टोपेन्द्र कुमार शर्मा र सभाहल निर्माणमा सहयोग गर्ने शारदा नगरपालिकालाई कदर पत्रले सम्मानले गरिएको थियो ।
महासंघका उपाध्यक्ष प्रगति गिरीकोे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सहसचिब शिव डाँगीले गर्नुभएको थियो ।