सुशासन प्रर्बद्धनका लागी पारदर्शी छौँः राजनितिक दल

सल्यान टुडे,
सल्यान ५, मंसिर ।

सल्यानका राजनितिक दलहरुले सुशासन प्रर्बद्धनका क्षेत्रमा पारदर्शी भएर काम गरेको जनाएका छन् । उनीहरुले जिल्लामा पार्टीले गर्ने हरेक कामहरुलाई पारदर्शी बनाएर काम गर्दै आएको पनि जनाएका हुन् । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत हरप्लेस सल्यानको आयोजनामा सुशासन प्रर्बद्धनका लागी राजनितिक दलको भूमिका बिषयक बिहीबार सल्यान खलंगामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि राजिनितिक दलहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता ओज बहादुर बुढाथोकीले सुशासनका क्षेत्रमा पार्टी पारदर्शी भएर काम गरेको बताउनुभयो । पछिल्लो समय जिल्लामा राजनीतिक दल र ती पार्टीका उम्मेदवार बनेर जितेका जनप्रतिनिधिका विचमा अन्तरविरोध देखा परेको बताउदैँ उहाँले यसले सुशासनका सवालमा समस्या भएको बताउनुभयो ।

उहाँले संगठन सदस्यता बाफतको रकम देखी हरेक क्षेत्रमा पारदर्शी भएर काम गर्दै आएको बताउनुभयो । ‘हामी आर्थिक रुपमा समेत पारदर्शी छौँ, बार्षिक रुपमा सामाजिक लेखापरिक्षण हुन्छ,’ उहाँले भन्नुभयो ‘तर पछिल्लो समयमा जनप्रतिनिधिले दलहरुसंग समन्वय नगर्ने, काम तथा योजनाका बारेमा जानकारी नदिने गरेका कारण केही समस्या भएको छ ।’ स्थानिय सरकार नागरिक प्रति उत्तरदायी र जवाफदेही बन्नुपर्नेमा उहाँको जोड थियो ।

यस्तै राप्रपाका नेता कर्ण बहादुर सुनारले आफ्नो पार्टीले सुशासनको लागी जिम्मेवार भएर काम गरेको बताउनुभयो । जिल्लामा पार्टीले समानता र समाबेशीताका आधारमा काम गर्दै आएको बताउनुभयो । सो अबशरमा पत्रकार डिल्लीराज रावतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष प्रतिक इच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण हरप्लेसका परियोजना कार्यक्रम संयोजक दिपेन्द्र शाहीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस