सिद्धकुमाख गाउपालिकालाई बीमा दावी बाफतको ३० लाख भुक्तानी

सल्यान ६, मंसिर ।
सल्यानको सिद्धकुमाख गाउपालिकाले नेको इन्स्योरेन्स लिमिटेडबाट ३० लाख रुपैँया पाएको छ । गाउपालिकाले खरिद गरेर सञ्चालन गरेको गाडीमा अज्ञात समुहले गत असोज २८ गते गाउपालिकाको कार्यालय अगाडी पार्किङ्ग गरि राखेको रा १ झ १७० नम्बरको टाटा कम्पनीको पिकअप गाडीमा आगजनी गरेको थियो ।

सोही गाडीको हुलदंगा आतंकबाद अन्र्तगत नेको इन्स्योरेन्सले बीमा दावी रकम भुक्तानी गरेको नेको इन्स्योरेन्स लिमिडेट सल्यान शाखा प्रमुख नारायण दाहालले जानकारी दिनुभयो । उहाँले सल्यान जिल्लामा नै यति ठूलो बीमा रकम पहिलो पटक हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।


इन्स्योरेन्सले आज गाउपालिकाको कार्यालयमा नै पुगेर बीमा दावी रकम भुक्तानी गरेको छ । इन्स्योरेन्सका राप्ती अञ्चल कलष्टर प्रमुख मिन कुमार लामिछानेले गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउनेलाई बीमा दावी रकम बाफतको रु. ३० लाखको चेक हस्तान्तरण गर्नुभएको हो । सो अबशरमा गाउपालिका अध्यक्ष चलाउनेले गाडीको बीमा बनाएका कारण गाडीमा क्षती भएपनि बीमा दावी भुक्तानी पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।


सो अबशरमा गाउपालिकाका उपाध्यक्ष पुष्पा कुमारी बोहरा, प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मी लगाएको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन उद्योग ब्यबसायी डम्बर केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस