दुर्गा विसी,
सल्यान ७, मंसिर ।
सुर्खेत सिम्ता गाउँपालिका वडा नं ८ डांँडाखाली स्थित मावि खेल्नेचौरमा बिद्यालय भवन निर्माण गरिएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा रु. २४ लाख लागतमा बिद्यालय भवन निर्माण गरिएको हो । बिगतमा बिद्यालय भवन अभाव हुदाँ पठनपाठन गर्न समस्या हुने गरेको थियो ।
सोही समस्यालाई मध्यनजर गर्दै दुई कोठे भवन निर्माण गरिएको बिद्यालयले जनाएको छ । यसैबीच प्रदेश सांसद ठम्मरबहादुर बिष्टले औपचारिक कार्यक्रम विच भवनको उद्घाटन गर्नुभएको छ ।
बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष इन्द्रा भारतीको अध्यक्षतामा भएको कार्यक्रममा सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही, वडाअध्यक्ष युद्ध बहादुर मल्ल, वडासदस्य धन बहादुर खत्री, नेकपा जिल्ला सदस्य ऐनबहादुर चन्द, टेकेन्द्र बस्नेत लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक लोक बहादुर खत्रीले गर्नुभएको थियो । सोहि कार्यक्रममा लामो समय विद्यालयमा कार्यरत कर्मचारी घनश्याम भारतीलाई सम्मान सहित विदाई गरिएको थियो ।