महिनावारी सचेतना सम्बन्धी अन्र्तक्रिया सम्पन्न

सल्यान ७, मंसिर ।

महिनावारी सचेतना सम्वन्धी सरोकारवाला संगको अन्र्तक्रिया कार्यक्रम मार्केमा सम्पन्न भएकोछ । शारदा नगरपालिकाको आयोजनामा मार्के स्थित त्रिभुवन माद्यामिक बिद्यालयका बिद्यार्थी र सरोकारवालाका बीच अन्र्तक्रिया गरिएको हो ।

 

सो अबशरमा महिनावारी र त्यसबाट हुने सामाजिक, मानसिक र शारिरिक समस्या बारे छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेश अधिकारीले कुरिती बिरुद्ध सवै एक भएर लाग्नुपर्ने बताउनुभएको थियो । उहाँले महिनावारी हुदा गरिने व्यवहारलाई परिवर्तन गरिनुपर्ने र यसलाई प्राकृतिक प्रकृयाको रुपमा लिनुपर्ने बताउनुभएको हो ।

सो अबशरमा बिद्यालयमा अध्ययनरत छात्राहरुलाई प्याड बितरण गरिएको थियो ।
नगर स्वास्थ्य संयोजक रबिन बिष्टले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । सो अबशरमा बजार क्षेत्रमा ५० प्रतिशत र ग्रामिण भेगमा १९ प्रतिशत महिलाहरुले मात्रै सेडेटरी प्याड प्रयोग गर्ने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस