सल्यानका दुई युवाद्धारा विरामीलाई फलफुल वितरण

सल्यान ७, मंसिर ।
साईराम बाबाको ९४ औ जन्मजयन्तिको अबसरमा फलफुल वितरण गरिएको छ । जिल्ला अस्पताल सल्यानमा रहेका विरामिहरुलाई फलफुल वितरण गरिएको हो ।

यस्तै शिवजन माध्यामिक विद्यालय शितलपाटीमा रहेका दूष्टिविहिन छात्र, छात्राहरुलाई फलफुल तथा खाद्यान्न सामाग्री पनि प्रदान गरिएको थियो । समाजसेवा गर्ने उद्धेश्यले विरामिलाई फलफुल र दूष्टिविहनि छात्रछात्राहरुलाई खाद्यान सामाग्रि प्रदान गरिएको सत्य साईबाबा केन्द्र सल्यानका युवा संयोजक अमर सिंह ले बताउनुभयो ।

 

साथै उहाले यसैक्रम्मा जिल्ला अस्पतालमा उपचारार्थ सबै विरामीमा स्वास्थ्य लाभको कामना र दूष्टिविहनि विद्यार्थिमा उज्यालो भविष्यको शुभकामना समेत व्यत्त गर्नूभयको थियो ।

सत्य साइबाबा केन्द्र सल्यानको आयोजनामा उत्त कार्यक्रम गरियको सत्य साइबाबा केन्द्र सल्यानका अध्यक्ष सजन कुमार भडेल ले जानकारि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस