बालबालिकाको नेतृत्व तथा क्षमता विकास तालिम सिद्ध कुमाखगाउँपालिकामा प्रदान

सल्यान ७, मंसिर ।
बालबालिकाको नेतृत्व तथा क्षमता विकास गर्नको लागि सिद्ध कुमाख गाउँपालिकाका ५वटैका वडा ३४ जना बालवालिकालाई क्षमता विकास तालिम प्रदान गरेको छ । सिद्ध कुमाख गाउँपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको उक्त तालिममा १४ जना छात्र र २० जना छात्राले सहभागिता जनाएका थिए ।

तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले गर्नुभएको थियो । उद्घाटनको क्रममा बोल्दै सिद्ध कुमाख गाउँपालिकाले वालबालिकाको चाहनालाई लक्षित गरेर नै बालबालिकाहरूबाट माग भएका कार्यक्रमलाइ बजेट विनियोजन गरिएको बताउनुभयो ।

बालबालिको क्षमता अभिवृदि गर्न, बालविवाह न्यूनिकरण गर्न, बाल अपराधलाई हटाउन चेतनामूलक कार्यक्रम गर्नको लागि गाउँपालिकाले कुनै पनि कन्जुस्याई नगर्ने उहाँले बताउनुभयो । त्यसैगरी गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले असल नेतृत्व चयन र नेतृत्व विकास तथा यसका गुणहरू बताउदै भोलीको समाजलाई सकरात्मक दिशातिर लैजाने जिम्मा आजका बालबालिकाहरूको भएको जनाउनुभयो ।

२ दिन सञ्चालन भएको तालिममा बालअधिकार सम्वन्धी संवैधानिक धारणा, बालसहभागिता, वालबिवाहका कारण, समस्या र न्यूनिकरणका उपायहरू, बाल दुर्व्यवहार र वच्ने उपायहरू, असल नेतृत्व र यसका गुणहरू नेतृत्व तथा क्षमता विकासमा सूचना तथा सञ्चार प्रविधिको महत्वबारे सिकाइएको थियो । तालिममा सहभागि बालबालिकाहरूले आफुभित्र रहेको क्षमतालाइ प्रस्तुत गर्न, समस्याहरू सहजै बताउन, असल नेतृत्व पहिचान गर्न, समुह कार्य गर्न र सम्माणजनक व्यवहार गर्न सक्षम भएको तालिम समापनको क्रममा बताएका थिए ।

तालिमको सहजिकरण महिला तथा बालबालिका शाखा प्रमुख बिमला खत्री र सामाजिक परिचालक शोभा लामिछानेले गर्नुभएको थियो । तालिम शुक्रबार र शनिबार सन्चालन गरीएको सुचना अधिकृत भिम भण्डारीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस