दोस्रो अध्यक्ष कप खेलकुद त्रिबेणीमा समापन

सल्यान ८ मसिंर ।
दोस्रो अध्यक्ष कप खेल खेलकुद प्रतियोगिता शनिबार सल्यानको त्रिबेणीमा समापन भएको छ । त्रिबेणी गाउपालिकाको आयोजनामा वडा नम्बर ३ को रिखेबजारमा मसिंर ४ गते देखि शुरु भएको खेलकुद प्रतियोगिता शनिबार समापन गरीएको हो ।


त्रिबेणीमा कृर्षि, ब्यापार, पर्यटन र पूर्वाधार, गाउपालिका समृद्धिको आधार भन्ने मुल नाराका प्रतियोगिता शुरु भएको हो । जस अन्र्तगत भलिबल, दौड, लगाएतका बिभिन्न प्रतियोगिताहरु सञ्चालन भएका छन् । प्राबि स्तरीय ८ खेल, निमावि स्तरीय ९ खेल र माबि स्तरीय १५ वटा खेल वडास्तरीय भलिवल, सञ्चालन हुने छन् ।

३ दिनसम्म चलेको प्रतियोगितामा खुल्ला भलिबल तर्फ वडा नं ३ प्रथम, वडा नं २ द्धितिय र वडा नं ४ तृतिय भएका थिए । यस्तैगरि ने.रा.मा.वि. फलाबाङले १२ स्वर्ण, ८ रजत, १३ काश्य पदक सहित दोस्रो अध्यक्ष कपको उपाधी हात पारेको छ । जनता मा.वि. काभ्रा ले ९ स्वर्ण १० रजत र ८ काश्य पदक सहित दोस्रो स्थान हासिल गरेको छ भने सल्यान पब्लीक स्कुलले ८ स्वर्ण ५ रजत ५ काश्य सहित तेस्रो स्थान हासिल गरेका हुन ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई नगद, प्रमाणपत्र र सिल्ड प्रदान गरिएको थियो ।


प्रतियोगिताको समापन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष डांगीले लुकेर बसेका खेलाडीहरुको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिताहरुले थप हौसला प्रदान गर्ने बताउनु भयो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख प्रभात कुुमार श्रेष्ठले गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस