राष्ट्रिय जनगणना २०७८ को लागी सल्यानका चार स्थानमा कार्यालय स्थापना गरिदैँ

सल्यान ८ मसिंर ।

राष्ट्रिय जनगणना २०७८ को लागी सल्यानका चार स्थानमा कार्यालय स्थापना गरिने भएको छ । जिल्लाका शारदा नगरपालीका, कपुरकोट गाउपालिका, बन्गाड कुपिण्डे नगरपालिका र बागचौर नगगरपालिकामा कार्यालय खोलिने भएको हो । राष्ट्रिय जनगणना २०७८ को तयारी अन्र्तगत सल्यानमा शुक्रबार आयोजित अन्र्तक्रिया तथा छलफल कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।

जनगणनालाई प्रभावकारी बनाउनको लागी केन्द्रीय तथ्याङक विभाग, तथ्याङक कार्यालय दाङको आयोजनामा जिल्लाको सदरमुकाम खलंगामा छलफल गरिएको हो । मेरो गणना, मेरो सहभागीता भन्ने मुल नारा सहित २०७८ मा हुन लागेको जनगणनालाई प्रभावकारी बनाउनको लागी छलफल गरिएको तथ्याङक कार्यालय दाङका तथ्याङक अधिकृत तुल्सीराम पोख्रेलले बताउनुभयो ।

नेपालमा हरेक १० बर्षको अन्तरमा जनगणना हुन्छ । २०७८ साल असार ८ गते जनगणना दिवसको अबशर पारेर सार्वजनिक गर्न सल्यानमा पनि जनगणना गर्न थालिएको हो । जिल्लामा मोबाईल टयाप र कागजी दुबै प्रक्रियाबाट जनगणना गरिने उहाँले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले तथ्याङक संकलनले आगामी दिनहरुमा जनसंख्यालाई हेरेर योजना छनोट गर्नमा सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा उपप्रमुख हरिप्रकाश बुढाथोकी लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस